- भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१÷८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०÷८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।
काठमाडौं : स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१÷८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०÷८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।
यस अबधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९÷८० मा नेपालमा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । तर, आव २०८१÷८२ मा भने पेट्रोलियम पदार्थको आयात घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । आव २०८०÷८१ मा भने ३ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकमा छ ।
सरकारले लिएको नीतिका कारण उपभोक्ता समेत ईभीमा आकर्षित हुँदै गएकाले ईभी आयात बढेको र पेट्रोलियम पदार्थको आयात घटेको सरोकारवालाहरुले बताउँदै आएका छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी भएको बताए । उनका अनुसार आम मानिसहरुमा डिजेल र पेट्रोलियम पदार्थबाट चल्ने गाडिहरुमा बिस्तारै आकर्षण घट्दै गएको देखिन्छ । साथै विभिन्न उद्योगधन्दा एवम् कलकारखानाहरुमा समेत विद्युतको बढ्दो प्रयोगले पेट्रोलियम इन्धनको खपत घटाएको छ ।
नेपालमा चीन, भारत, कोरिया, जर्मनी, मलेसीया, इन्डोनेसीया, अमेरीका लगायत मुलुकबाट इभी गाडि भित्रीने गरेका छन् । गत आवमा सबैभन्दा धेरै ईभी चिनबाट आयात भएका छन् । कुल ईभी आयातको ७५ प्रतिशत चिनबाट आयात भएको तथ्यांकले देखाउँछ । चिनबाट २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको १० हजार २१६ यूनिट आयात भएको छ ।
कुल आयातको २४ प्रतिशत ईभी भारतबाट आयात भएका छन् । भारतबाट गत आवमा ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा ईभी आयात भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।